राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान

Byसदाम हुसैन

२०८३ कार्तिक ५, बिहीवार २०८३ कार्तिक ५, बिहीवार २०८३ कार्तिक ५, बिहीवार

सर्लाही, ०५ कार्तिक । नेपाली क्रिकेटको मुटु मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको रोमाञ्चक शृङ्खलासँगै निक्कै व्यस्त रहने भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि नेपालले आयोजना गर्न लागेको इतिहासकै सबैभन्दा ठूलो क्रिकेट महोत्सव ‘आईसीसी यू–१९ महिला टी–२० विश्वकप’ सम्मका प्रतियोगिताहरूले कीर्तिपुर मैदानलाई निरन्तर गुन्जायमान बनाउनेछन् ।

आगामी ६ महिनाको अवधिमा नेपाली क्रिकेटले घरेलु फ्रेन्चाइज लिग, विश्वकप छनोट प्लेअफ, द्विपक्षीय शृङ्खला र विश्वकप आयोजनाजस्ता ऐतिहासिक सफलताका क्षणहरू यही मैदानबाट पार गर्नेछ ।

नेपालले आयोजना गर्न लागेको यू–१९ महिला टी–२० विश्वकप हालसम्मकै ठूलो क्रिकेट प्रतियोगिता हो। सन् २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने यो प्रतियोगितासहित अबको करिब ६ महिना कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताले व्यस्त रहनेछ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि विश्वकप छनोट प्लेअफ, यू–१९ महिला विश्वकप र बंगलादेशसँगको टी–२० शृङ्खलासम्मका प्रतियोगिता यही मैदानमा आयोजना हुने तालिका छ ।

यस अवधिमा नेपाली क्रिकेटले घरेलु लिगदेखि विश्वकप छनोट र अन्तर्राष्ट्रिय शृङ्खलासम्मका गतिविधि अघि बढाउनेछ ।

त्रिवि मैदानमा क्रिकेट प्रतियोगिताको व्यस्त अवधि कात्तिक ९ गतेदेखि सुरु हुनेछ। मंसिर ५ सम्म नेपाल प्रिमियर लिगको तेस्रो संस्करण यही मैदानमा सञ्चालन हुनेछ । नेपाल क्रिकेट संघको आयोजनामा हुने फ्रेन्चाइज प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो संस्करणमा आइपुग्दा एनपीएलको स्तर पनि निकै बढेको छ । यसपटक विदेशी स्टार खेलाडीहरूको संख्या बढ्दा प्रतियोगिताले प्राविधिक पक्षहरूमा पनि ठूलो फड्को मारेको छ ।

एनपीएलको यस संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पनि पाइसकेको छ । प्रतियोगिताका खेलहरूले आधिकारिक लिस्ट ए टी-२० मान्यता पाउनेछन् ।

त्यस्तै यसैपटकदेखि एनपीएलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधिको पनि प्रयोग हुनेछ । क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोग हुनेछ । त्यस्तै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ ।

यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।

एनपीएलले घरेलु खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै विदेशी खेलाडीसँग खेल्ने मौका पनि दिनेछ । यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *