सर्लाहीमा लागूऔषध नाइट्राजेपामसहित एक जना पक्राउ

Byसदाम हुसैन

२०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार

सर्लाही, ०९ कार्तिक । सर्लाही प्रहरीले लागूऔषध नाइट्राजेपामसहित एक जनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका–४, जब्दी पुलस्थित भित्री सडकखण्डमा गरिएको संयुक्त चेकजाँचका क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असोज ९ गते लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको प्रदेश २–०४–०४४ प १४४९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिकीमा हरियो कपडाको झोलाभित्र लुकाइछिपाइ राखिएको नाइट्राजेपाम लेखिएको १ हजार ५०० ट्याब्लेट फेला परेको थियो ।

बरामद लागूऔषधसहित स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२, नवलपुर निवासी २४ वर्षीय विशाल प्रधान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *