पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

Byसदाम हुसैन

२०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार

सर्लाही, १० कार्तिक । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई यसअघि विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको हो ।

विभागका अनुसार पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको अवधिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ ।

त्यस्ता व्यक्तिको बैंकिङ कारोबार रहेको खाता रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्नेलगायत आवश्यक अन्य कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी गराउन विभागले यस्तो सूचना जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *