सर्लाही, ११ कार्तिक । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन् ।
यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आइपिटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डिटिएच टिभीको संयुक्त प्याकेज र डिसहोम डिटिएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन् ।
यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।
कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकहरूले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमहरूबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाट सेवा नवीकरण गर्ने विकल्पहरू विस्तार गर्दै ग्राहकलाई आफ्नो सुविधाअनुसार उपयुक्त माध्यम छनोट गर्न सहज बनाउने दिशामा निरन्तर पहल गरिरहेको डिसहोमले जनाएको छ ।
