सर्लाही, ११ कार्तिक । क्रिकेटप्रेमीका लागि जनकपुरधाममा एक्सट्रीम एनर्जी ड्रिंक्स एनपीएल फ्यान जोन सञ्चालनमा आएको छ ।
फ्यान जोनमा नेपाल प्रिमियर लिग -एनपीएल) का सम्पूर्ण खेलहरू विशाल स्क्रिनमार्फत निःशुल्क रूपमा प्रत्यक्ष प्रसारण गरिँदै छ ।
जनकपुरधामस्थित बाह«बिघा रंगभूमि मैदानमा सञ्चालनमा रहेको फ्यान जोनमा क्रिकेट हेर्नेबाहेक दर्शकहरूका लागि विभिन्न आकर्षक कार्यक्रमसमेत राखिएको छ ।
इन्टरएक्टिभ गेम, गिभअवे, सरप्राइज उपहार तथा विशेष अवसरमा लाइभ कन्सर्टको समेत व्यवस्था गरिएको छ । आयोजकका अनुसार फ्यान जोनले क्रिकेट समर्थकहरूलाई एकै स्थानमा भेला भएर आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्ने तथा एनपीएलको उत्साहपूर्ण वातावरणको अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
साथीभाइसँगै खेल हेर्दै क्रिकेट उत्सव मनाउन सकिने भएकाले यस कार्यक्रमले जनकपुरमा क्रिकेटको माहोल थप रोमाञ्चक बनाएको छ । सो कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहने जनाएको छ ।
आयोजकले सबै क्रिकेटप्रेमीलाई फ्यान जोनमा उपस्थित भई ठूलो स्क्रिनमा एनपीएलका खेलहरूको आनन्द लिन आग्रह गरेको छ ।
