सर्लाही, १२ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असरबिच मौसम पूर्वानुमान महाशाखाले आजदेखि ५ दिनसम्मको मौसमी सम्भावनाबारे प्रक्षेपण जारी गरेको छ ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने चक्रवात अर्नबको पनि प्रभाव छ ।
मौसम महाशाखाले आज (बिहीबार) बिहान ८ बजे अपडेट गरेको बुलेटिनअनुसार यतिबेला देशभर आंशिकदेखि साधारणतया बादल लागेको छ ।
यस्तो छ ५ दिनको मौसम प्रक्षेपण
२०८३ कार्तिक १२ गते (बिहीबार)
दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ । कोसी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहको छ । मधेस प्रदेश लगायत कोसी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, कर्णाली प्रदेशको पहाडी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश पहाडी र तराई भूभागको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
राति : कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा अधिकांश आकाशमा बादल लाग्नेछ भने बाँकी स्थानमा साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात मधेस प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
२०८३ कार्तिक १३ गते (शुक्रबार)
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ ।
राति : देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।देशको थोरै स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको पनि सम्भावना छ ।
२०८३ कार्तिक १४ गते (शनिबार)
दिउँसो : कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको पनि सम्भावना छ ।
राति : देशभर साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
२०८३ कार्तिक १५ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्कासम्म वर्षा/हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोचहरूमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ कार्तिक १६ गते (सोमबार)
देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भूभाग,उपत्यका तथा खोचहरूमा बिहानीपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
