प्रधानमन्त्रीदेखि अन्य न्यायाधीशलाई तान्ने प्रयास

Byसदाम हुसैन

२०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार

सर्लाही, १३ कार्तिक । बिचौलियासँगको साँठगाँठ बाहिरिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले सर्वोच्चकै अन्य न्यायाधीश तथा प्रधानमन्त्रीसम्मलाई तान्ने प्रयास गरेका छन् ।

उनले पत्रकार भेटघाटमा भने, ‘होटेल हिमालयमा भएको अन्तिम भेटमा पनि उनले न्यायाधीशहरूमाथि दबाब सिर्जना गर्ने खालका कुरा गरेका थिए ।

त्यहाँ कतिजना न्यायाधीश थिए भन्ने विवरण म दिन चाहन्नँ । तर, केही न्यायाधीश र प्रशासकहरू उपस्थित थिए । मेरो बुझाइमा ती व्यक्ति प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने व्यक्ति थिए ।

उनले प्रधानमन्त्रीको नाम लिएर कुरा गर्थे । महाअभियोगको सम्भावनाबारे पनि कुरा गर्थे र प्रधानन्यायाधीशलाई सहयोग गर्नुपर्छ भन्ने आशय व्यक्त गर्थे ।’ 

त्यहाँ उपस्थित न्यायाधीश तथा प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने व्यक्तिको बारेमा भने उनले खुलाएनन् । तर, त्यहाँ उपस्थित प्रधानमन्त्रीकै प्रतिनिधित्व गर्ने व्यक्ति भएको भनेर उनले प्रधानमन्त्रीलाई समेत यसमा तान्ने प्रयास गरेका छन् ।

उनले आफूले गलत गरेको बताउनभन्दा बिचौलियासँग अरू न्यायाधीशको पनि सम्पर्क र सम्बन्ध रहेको दाबी गरेर त्यसलाई सामान्यीकरण गर्ने प्रयास गरे ।

उनले प्रधानमन्त्रीको मान्छे भनेकाले भेटेको दाबी गरेका छन् । तर, न्यायपालिकाका व्यक्तिले कुनै पक्षसँग यसरी मुद्दाको विषयमा भेट र कुराकानी गर्न नहुने आचारसंहिता छ ।

न्यायिक कार्य गर्दा प्रत्यक्ष वा परोक्ष रूपमा आउने दबाब, प्रभाव, भनसुन, धम्की र आग्रहबाट मुक्त रहेर स्वतन्त्र रूपमा काम गर्नुपर्ने उल्लेख भए पनि प्रधानमन्त्रीको मान्छे भनेकाले बिचौलियालाई भेटेको र होइन भन्ने थाहा पाएपछि नभेटेको उनले दाबी गरेका छन् । उनको भेटघाट र कुराकानी पूर्ण रूपमा न्यायाधीशको आचारसंहिताविपरीत भएको कानुनविद्हरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *