सर्लाही, १७ असोज । विराटनगर किंग्सका ब्याटर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरका लोकेशले कर्णालीविरुद्ध ३९ बलमा ५० रन पूरा गरेका हुन् ।
यसक्रममा उनले समान तीन चौका र छक्का प्रहार गरे ।
जारी सिजनमा लोकेशको यो दोस्रो अर्धशतक हो । उनले यसअघि कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । ८७ रनको उक्त विस्फोटक इनिङमा उनले तीन चौका र नौ छक्का प्रहार गरेका थिए ।
एपनीएलमै भने उनले चौथो अर्धशतक प्रहार गरेका हुन् । पहिलो सिजन र दोस्रो सिजन विराटनगरबाट खेलेका उनले कुल दुई अर्धशतक प्रहार गरेका थिए ।
उनले दोस्रो विकेटको निम्ति इम्रान शेखसँग १०७ रनको शतकीय साझेदारी गरेका थिए ।
