काठमाडौं आइपुगे भारतीय विदेश सचिव

Byसदाम हुसैन

२०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार

सर्लाही, १८ कार्तिक । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।

स्रोतका अनुसार उनले आजैबाट भेटघाट थाल्ने छन् । कार्यक्रम तालिकामा उनले प्रधानमन्त्री शाहसँग पनि भेट्ने उल्लेख छ ।

भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *