आईजीपीमा पुनर्बहालीको माग लिएर आज सर्वोच्च जाने कार्कीको तयारी

Byसदाम हुसैन

२०८३ कार्तिक १९, बिहीवार २०८३ कार्तिक १९, बिहीवार २०८३ कार्तिक १९, बिहीवार

सर्लाही, १९ कार्तिक । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् ।

आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले सर्वोच्च जाने विषयमा बुधबार दिउँसो कानुन व्यवसायीसँग परमामर्श गरेका थिए ।

उनीनिकट एक कानुन व्यवसायीका अनुसार, बुधबार समय अभावका कारण रिट दर्ता गर्न असम्भव भएका कारण आज सर्वोच्च जाने तयारी छ ।

मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गरेपछि कानुनी प्रश्न उठाउँदै रिट दिने तयारी भएको हो । सरकारले कार्कीलाई पदमुक्त गर्दै एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

“सम्भवतः बिहीबार रिट दर्ता हुन्छ होला । दर्ता गर्ने विषयमा परामर्श भइरहेको छ,” छलफलमा सहभागी कानुनविद्ले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *