विकास खर्च सुस्ताउँदा राजस्व सङ्कलनमा भने उत्साहजनक सुधार

Byसदाम हुसैन

२०८३ कार्तिक २३, सोमवार २०८३ कार्तिक २३, सोमवार २०८३ कार्तिक २३, सोमवार

सर्लाही, २३ कार्तिक । चालू आर्थिक वर्षको पहिलो चार महिना बित्न लाग्दा सरकारको बजेट खर्चमा पुरानै प्रवृत्ति देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत अर्थात् ४ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । यसमा सरकारले चालू शीर्षकमा विनियोजित बजेटको २७.२५ प्रतिशत अर्थात् ३ खर्ब ४६ अर्ब रुपैयाँभन्दा धेरै खर्चिसकेको छ ।

दैनिक प्रशासनिक काम, तलब, भत्ता र सावाँ–ब्याज भुक्तानीमा जाने चालू खर्च पहिलो चौमासमै तीव्र भएको हो । तर विकास निर्माणको आधार मानिने पूँजीगत खर्च भने अझै साढे ७ प्रतिशतमा सीमित छ ।

४ खर्ब ३१ अर्ब पूँजीगत बजेट छुट्याइएकोमा अहिलेसम्म ३२ अर्ब ४३ करोड रुपैयाँ मात्र खर्च हुनुले पूँजीगत बजेट कार्यान्वयनमा सरकारको कमजोर कार्यक्षमतालाई फेरि उजागर गरेको छ ।

बजेट खर्चको तुलनामा सरकारको राजस्व सङ्कलनमा भने उल्लेख्य सुधार देखिएको छ । यस अवधिमा सरकारले ३ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ जुन अघिल्लो वर्षको त्यही अवधिको तुलनामा झन्डै २७ प्रतिशतले धेरै हो ।

आर्थिक गतिविधि केही चलायमान हुँदै गएका कारण कर राजस्वमा देखिएको यो वृद्धिलाई सकारात्मक रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *