टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

Byसदाम हुसैन

२०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार

सर्लाही, २४ कार्तिक । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् ।

वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई महत्त्वपूर्ण मान्दै टाइम म्यागजिनले उनलाई सूचीमा समेटेको हो ।

उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत पनि समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *