सङ्खुवासभामा चट्याङ लागेर दुई जना घाइते

Byसदाम हुसैन

२०८३ कार्तिक २६, बिहीवार २०८३ कार्तिक २६, बिहीवार २०८३ कार्तिक २६, बिहीवार

सर्लाही, २६ कार्तिक । सङ्खुवासभामा चट्याङ लागेर दुई जना घाइते हुनुभएको छ । बुधबार दिउँसो करिब साढे ४ बजेतिर चट्याङ लागेर खाँदबारी नगरपालिका ४ सेकाहा भाङखर्कमा स्थानीय ५३ बर्षीय गणेशप्रसाद गुरूङ र २२ बर्षीय रविन गुरूङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताउनुभयो । 

उहाँको अनुसार दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । मकालु गाउँपालिका ५ मुढे स्थायी घर हुनुभएका रविन भाइटीका लगाउन भाङखर्क मामाघरमा आउनुभएको थियो । बुधबार दिउँसो करिब २ बजेदेखि सङ्खुवासभाको अधिकांश क्षेत्रमा असिनापानी परेको थियो ।

दिउँसो टीका लगाई सकेर घरमा बसिरहेको अवस्थामा घरनजिकै परेको चट्याङको छर्का लागेर दुवै जना घाइते भएको गणेशप्रसादको छोरी अनिता गुरूङले बताउनुभयो । उहाँको अनुसार, गणेशप्रसादलाई चट्याङ लागेपछि बेहोस अवस्थामा हतार(हतार जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । अस्पताल लगेको केहीबेरपछि गणेशप्रसादको होस खुलेको छ । 

अहिले दुवै जनाको अवस्थामा सामान्य रहेको बताइएको छ । जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गणेशप्रसादको आँखा माथि र टाउकोमा चोट लागेको छ भने रविनको बायाँ हात र शरीरको विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *