सर्लाही, १७ माघ । मलंगवा जुनियर जेसीजको आयोजनामा शुक्रबार शहीद दिवसको अवसरमा विविध कार्यक्रम गरी शहीदहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरिएको छ ।
शहीद दिवसका अवसरमा बालमन्दिरदेखि शहीद चौकसम्म र्याली निकालिएको थियो । र्यालीपछि शहीद चौकमा पुगेर शहीदहरूको प्रतिमामा फूलमाला अर्पण, अबिर लगाउने तथा दीप प्रज्वलन (मैनबत्ती बालेर) गर्दै श्रद्धाञ्जली अर्पण गरिएको मलंगवा जुनियर जेसीजका प्रिन्स गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यक्रम संयोजक जु. जेसी जुली कर्ण, शाखा अध्यक्ष जु. जेसी रितिका मिश्रा, बोर्ड सदस्य–२०२६, पूर्व अध्यक्षहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्र र लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान दिने शहीदहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको स्मरण र सम्मान गर्नु सबै नागरिकको कर्तव्य भएको बताएका थिए । शहीदहरूको आदर्शबाट प्रेरणा लिँदै समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
