सर्लाही, ०३ फागुन । रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर २’ विहिबारदेखि नेपालमा रिलिज हुने टुंगो लागेको छ । मंगलबार दिउँसो भारतीय र नेपाली वितरकबीच वितरण अधिकार बिक्रीबारे सम्झौता भएको छ ।

फिल्मको नेपाल अधिकार नियोम फिल्म्सले किनेको स्रोतले जनायो । वितरण अधिकारको रकममा कुरा नमिल्दा नेपाल टेरिटोरीको प्रदर्शनमा अन्योलमा थियो ।

स्रोतका अनुसार साढे २ देखि ३ करोड भारुमा फिल्मको नेपाल राइट बिक्री भएको हो । यो भनेको झन्डै ५ करोड नेरु हुन आउँछ । लगानी उठाउन फिल्मले १७ करोडभन्दा धेरै कमाउनुपर्छ ।

रिलिज टुंगो लागेसँगै सम्भवतः मंगलबार बेलुका वा बुधबार बेलुकादेखि एड्भान्स टिकट बिक्री खुल्न सक्छ । बुधबार उपत्यकामा घोडेजात्राको बिदा भएकाले चलचित्र जाँच लगायतका कार्य प्रभावित हुनसक्छ ।

‘धुरन्धर’ को अघिल्लो भागले नेपाली बक्सअफिसमा कम्तीमा १० करोड रुपैयाँ कमाएको थियो । आदित्य धर निर्देशित यो फिल्मले विश्वब्यापी ओपनिङ  २२५ देखि २५० करोड भारु कमाउन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *