सर्लाही, ०५ चैत । कतारले आफ्नो मुख्य ग्यास केन्द्र रास लाफानमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणका कारण क्षति भएको जनाएको छ ।

कतारको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा रास लाफान औद्योगिक सहरलाई लक्षित गरी गरिएको इरानी आक्रमणको कडा निन्दा र भर्त्सना गर्दै उक्त आक्रमणका कारण आगलागी भई ठूलो क्षति पुगेको जनाएको छ ।

कतारको गृह मन्त्रालयका अनुसार घटनास्थलमा लागेको आगो प्रारम्भिक रूपमा नियन्त्रणमा लिइएको र कुनै पनि मानवीय क्षति नभएको अलजजीराले उल्लेख गरेको छ ।

विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास उत्पादक ‘कतार इनर्जी’ ले पनि सबै कर्मचारीको विवरण संकलन भइसकेको र हालसम्म कुनै हताहती नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *