सर्लाही, १५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
उनलाई आज बिहान निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
ब्युरोका अनुसार उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
