सर्लाही,चैत्र २० ।सडक विस्तारमा ढिलासुस्ती भएको भन्दै लहानका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा सडक विस्तारमा भएको ढिलासुस्ती र धुलोको विरोधमा स्थानीयवासीले शुक्रबार सडक अवरोध गरेका हुन् ।
स्थानीयले सडक ठप्प पारेपछि सवारी साधन अलपत्र परेका छन् ।
कञ्चनपुर–कमला सडकखण्डको काम ६ वर्षसम्म पनि अलपत्र पारेपछि आजित भएका स्थानीयले निर्माण कम्पनीविरुद्ध प्रदर्शन गरेका हुन् ।
