सर्लाही,२६ चैत्र । सहकारीपीडितको रकम फिर्ता गर्ने उपाय खोज्न अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल सुरु भएको छ ।
संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा सुरु भएको बैठकमा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्ने उपाय तथा सहकारी ऐनमा आवश्यक सुधारका विषयमा छलफल भइरहेको छ ।
नयाँ सरकार गठन भएसँगै सहकारीपीडितको रकम फिर्ताका लागि उपाय खोज्न तारन्तार बैठक चलिरहेका छन् ।
