सर्लाही, ०३ बैशाख । गुर्जो जातको ११ क्विन्टल जडीबुटी सहित प्रहरीले स्याङ्जाबाट एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्ला स्याङजा, गल्याङ नगरपालिका वडा नम्वर २ बस्ने वर्ष ४१ का कमल राना रहेका जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी प्रशन्न राज चौधरीले जानकारी दिए ।

प्रहरी चौकी गल्याङ, स्याङ्जाबाट खटिएको प्रहरीको गस्ती टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला स्याङजा, गल्याङ नगरपालिका ३ चौकी लाईन स्थित सिद्धार्थ राजमार्गबाट लु.२ च. ७९२० नम्वरको जिप सहित रानालाई पक्राउ गरेको चौधरीले जानकारी दिए ।

राजमार्गमा छापबाट तल्लो गल्याङ्तर्फ गईरहेकोे जीपमा विना बिल बिजकको गुर्जो जातको जडीबुटी ओसार–पसार गरेको फेला पारेपछि नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

बरामद जडीबुटी आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि सव डिभिजन बन कार्यालय, वालिङ, स्याङ्जामा पठाइएको चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *