सर्लाही, १७ बैशाख । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि तेस्रो पटक पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । 

शोभा पाठकलाई माइतीघर मण्डलामै गएर कुटपिट गरेको आरोपमा प्रहरीले वैशाख १४ गते १० जनालाई पक्राउ गरेको थियो। धर्नामा बसेकी पाठकलाई माइतीघरमै पुगेर उक्त समूहले हातपात गरेको थियो । 

त्यसक्रममा बस्नेतकी पत्नीलाई समेत पाठक समूहका केही पुरुषले हातपात गरेका थिए । तर प्रहरीले उनीहरूलाई भने पक्राउ गरेको छैन। घटनापछि शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । 

पाठकको जाहेरीका आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको काठमाडौँ परिसरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *