सर्लाही, २८ बैशाख ।  सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सभामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रमको घोषणा गरेका हुन् । 

एकै दलको प्रस्ट बहुमतसहितको बलियो सरकारले सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहदेखि सहकारीको रकम एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरेर फिर्ता गर्नेसम्मका कार्यक्रम रहेका छन् ।

के छन् मुख्य कार्यक्रममा ?

सरकारले औषधि लिमिटेडको स्तरोन्नति गर्ने

समस्याग्रस्त सहकारीको ऋण असुली गरेर बचतकतलाई फिर्ता दिने । 

दलीय सहमतिमा संविधान संशोधन गरिने ।

तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ दिइने ।

स्वदेशी काठको प्रयोग गरिने, चुरेको वैज्ञानिक उत्खनन गरिने ।

आईटीलाई प्राथमिकता, लगानी ‘एक्सप्रेस नीति’ ।

विमानस्थलमा निजीक्षेत्रलाई भित्र्याइने ।

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गरिने ।

पोखरा र गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल गरिने ।

विद्यालयमा उच्च गतिको इन्टरनेटको व्यवस्था, एआई पनि पढाइने ।

नापी र मालपोत कार्यालयलाई एकीकृत गरिने ।

एकैदिनमा कम्पनी दर्ता गरिने ।

स्वदेशमै बसेर विदेशका कम्पनीमा काम गर्ने नीति ल्याइने ।

आर्थिक कारोबार अब डिजिटल, नगदरहित बनाइने ।

छात्रवृत्ति योग्यता प्रणाली र डिजिटलमार्फत सिधै खातामा जाने ।

उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम ल्याइने ।

१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोडिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *