सर्लाही, १८ जेठ । सभामुख डोलप्रसाद अर्यालले १७ गतेको बैठकमा भएको तोडफोड छानबिन गर्न समिति गठन गरेका छन् । उक्त दिन अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन तथा भौतिक हानी नोक्सानी समेत भएको भन्दै सो बारे छानबिन गर्न समिति गठन गरिएको हो । 

उक्त दिनको क्षति छानबिनका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीलाई संयोजक तोकिएको छ । संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् । 

समितिलाई अध्धयन गरी प्रतिवेदन पेस गर्न ७ दिनको समयावधी दिइएको छ । प्रतिवेदन प्राप्त भएपछि आवश्यक कारवाही अघि बढाउन सकिने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए । 

सभामुख अर्यालले विपक्षी दलका सांसदहरुले हिजो राति (जेठ १७ गते) प्रतिनिधिसभाको बैठकमा गरेको अमर्यादित हर्कतका बारेमा परामर्श गरेका थिए । 

विपक्षी दलका सांसदहरुले सभामुखमाथि नै आक्रमण गर्ने, बैठक कक्षका कुर्सी, टेबल तथा माइक तोडफोड गर्ने, सत्तारुढ दलका सांसदहरुमाथि जाइलागेको लगायतका क्रियाकलाप गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *