सर्लाही, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा रवि लामिछाने सर्वसम्मत भएका छन् । 

सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका छन् । 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको छन् ।

केसीले भने, ‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ ।

केन्द्रीय समिति सदस्यका लागि अहिले उम्मेदवारी दर्ताको काम भइरहेको छ । भोलि बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।

रास्वपाका संस्थापक सभापति लामिछानेको महाधिवेशनपछि पहिलो कार्यकाल हुने छ । 

पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो । सोहीबमोजिम उनले सभापतिमा मनोनयन दर्ता गरे ।

नयाँ विधानअनुसार लामिछाने दुई कार्यकाल सभापति बन्न सक्ने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *