सर्लाही, १९ असार । सर्लाहीको हरिवन नगरपालिका–३ जब्दी टोलस्थित एक घरबाट ठूलो परिमाणमा लागुऔषधयुक्त सिरप बरामद गरेको छ ।

आज (विहिबार) दिउँसो करिब साँढे ५ बजे प्रहरीले १९ वर्षीय सज्जन चमारको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरभित्र लुकाइछिपाई राखिएको अवस्थामा Codeine Phosphate तथा Triprolidine HCl मिश्रित RJT-SCEN लेखिएको सिरप २८८ पिस र RTX-SCEN लेखिएको सिरप २४८ पिस गरी जम्मा ५३६ पिस लागुऔषधयुक्त सिरप बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका सज्जन चमारको खोजी कार्य जारी रहेको तथा बरामद सिरप सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *