सर्लाही, २० असार । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा गठन भएकाे संविधान संशोधन बहसपत्र कार्यदलले असार मसान्तमा प्रतिवेदन तयार गर्ने भएको छ ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गरिरहेको भन्दै उनले यही असार मसान्तसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

सरकारले गठन गरेको बहसपत्र कार्यदलमाथि विपक्षी दल, नागरिक समाज र विज्ञले सन्देह व्यक्त गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको रास्वपाले राजनीतिक प्रतिवेदनमा प्रदेशसभा खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी, निर्दलीय स्थानीय तहसहितको प्रावधान प्रस्ताव गरेपछि विपक्षीले झन् आशंका व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *