सर्लाही, ३२ असार । सरकारले देशभरका सरकारी कर्मचारीलाई अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउन परिपत्र गरेको छ । 

बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी निकायलाई परिपत्र गरेको हो ।

सबै मन्त्रालय, आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई पठाएको पत्रमा कार्यालय समयमा अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउन भनिएको छ । 

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक निकायमा कार्यरत कर्मचारीको पोशाक र परिचयपत्र परिपालन गराउन मन्त्रालयलाई असार २६ मा पत्र पठाएको थियो ।

त्यही पत्रका आधारमा मन्त्रालयले गरेको परिपत्रमा नेपाल सरकारले निजामती कर्मचारीका लागि तोकेको पोशाक र परिचयपत्र अनिवार्य लगायन भनिएके छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *