सर्लाही, ४ साउन । १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ ।

युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य गर्‍यो । सन् २०१० पछि पहिलो पटक विश्वकप उचालेसँगै स्पेनले आफ्नो नयाँ पुस्ता विश्व फुटबलको नेतृत्व गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिएको छ ।

प्रशिक्षक लुइस डे ला फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो ।

बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पुर्‍यायो । फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्‍यो ।

फाइनलमा अर्जेन्टिना विरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो । जितका लागि भने अतिरिक्त समय नै कुर्नुपर्‍यो ।

नयाँ पुस्ताको स्वर्णिम उदय

एक समय जाभी, इनिएस्टा, कासियास र पुइयोलको पुस्ताले विश्व फुटबलमा शासन गरेको स्पेन अहिले नयाँ अनुहारसँगै पुनः शिखरमा पुगेको छ ।

लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो ।

स्पेनका पाउ कुबार्सी उत्कृष्ट खेलाडी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी घोषित स्पेनकै कप्तान रोड्रीले गोल्डेन बल अवार्ड प्राप्त गरे । गोल्डेन ग्लभ्समा पनि स्पेनकै गोलकिपर उनाइ सिमोनको कब्जा रह्‍यो ।

विश्वकपअघि नै युरोपेली च्याम्पियन बनेको स्पेनले अब केही वर्ष विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्ने संकेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *