सर्लाही, ४ साउन । नेपाल सरकारका सचिवको बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्नेसहित २२ वटा निर्णय गरेको छ । 

सोमबरा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सातामा दुई दिन सार्वजनिक बिदा थपिएकाले अन्य बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

कार्यदललाई सार्वजनिक बिदा पुनरावलोकनका अध्ययन गर्न कार्यादेश दिइएको छ । अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन १५ दिनको समय दिइएको छ । 

यस्तै, सचिव बैठकले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्न तत्काल बजेट कार्यान्वयन तालिका बनाउने निर्णय गरेको छ । त्यसका आधारमा आर्थिक वर्षको सुरुदेखि नै सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउने निर्णयमा उल्लेख छ । 

यस्तै, जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि मन्त्रिपरिषद्ले गत असार १८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *