सर्लाही, ५ साउन । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार थप २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक आज रक्सौल आइपुग्नेछ ।
कोलकाताबाट पनि थप दुई हजार ५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गीता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
