सर्लाही, ५ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नामिबियाले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।  

लिग–२ को अंकतालिकामा सुधार गर्दै शीर्ष चारमा पुग्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ।

हाल नेपाल २८ खेलबाट २८ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा छ। यस शृङ्खलासहित बाँकी खेलहरू नेपालको विश्वकप छनोट यात्राका लागि निर्णायक मानिएका छन्।

लिग–२ को शीर्ष चार टोलीले ओडीआई विश्वकप छनोट प्रतियोगितामा सिधै स्थान बनाउनेछन्। यस्तै शीर्ष छ भित्र रहन सके नेपालले आफ्नो ओडीआई मान्यता सुरक्षित राख्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *