सर्लाही, ५ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् ।

श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन् । प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताएका छन् ।

नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले केही दिनदेखि आफू काठमाडौं रहेको र शीर्ष नेताहरूसँगको छलफलमा प्रदेशमा एमालेसँगै गठबन्धनको निचोडमा पार्टी पुगेको सुनाए ।

‘केही दिनबाट हामी काठमाडौं थियौँ, संयोजकसहितका नेताहरु भेटेर म प्रदेश फर्कन लागेको छु, संयोजक प्रचण्डले सकेसम्म लोकतन्त्रवादी मिलेर जाने कुरा आफूहरूले राखे पनि कांग्रेस तीन दलको सरकारमा बस्न नचाहेको बताएपछि प्रदेशलाई मध्यावधिमा लैजान नहुने भएकाले निकासका लागि एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था आएको बताउनुभयो, अन्य प्रदेशका पनि साथी आउनुभएको थियो, म यही आशयका साथ फर्केँ, संयोजक आज यही विषयका लागि मधेश जाने कुरा छ’ उनले भने ।

अहिलेसम्म गठबन्धन गर्ने निश्चितजस्तै भए पनि कुन प्रदेश कसलाई भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको उनको बरालले बताए ।

नेकपा र एमालेले कांग्रेससहित ३ दिनको गठबन्धन बनाउन प्रस्ताव गरे पनि कांग्रेसले प्रतिपक्षविहीन प्रदेशको कल्पना नगर्ने भन्दै आफ्नो दल सत्ताबाहिरै बस्न तयार रहेको बताएका थिए ।

अधिकांश नेता-कार्यकर्ताको दबाब र कम्युनिष्ट आन्दोलन जोगाउने लक्ष्यसहित अहिले नेकपा र एमाले गठबन्धन नजिक पुगेको स्रोत बताउँछ ।

सुदूरपश्चिम, कोशीलगायतका प्रदेशमा बजेटको विषयलाई लिएर एमाले-कांग्रेसबीच तिक्तता आएसँगै अहिले भइरहेको गठबन्धनमा दरार आएको थियो । त्यसमाथि ओली प्रचण्डसँग सहकार्यको संवादमा रहेको सुइँको पाएपछि कांग्रेस नेतृत्व थप सशंकित बनेको छ ।

यस्तो छ प्रदेशगत अवस्था

सुदूरपश्चिम प्रदेश प्रदेशसभा – ५२

नेकपा – २२ (सभामुखसहित १ निलम्बित)
काँग्रेस – १८
एमाले – ११
राप्रपा – १

कर्णाली प्रदेश- जम्मा – ४०

नेकपा – १४
काँग्रेस – १४
एमाले – १० (सभामुखसहित)
राप्रपा – १
स्वतन्त्र- १

लुम्बिनी प्रदेश जम्मा ८७ मध्ये हाल कायम ८३, बहुमत ४२

एमाले – २९
काँग्रेस- २७
नेकपा – १३ (सभामुखसहित)
राप्रपा – ४
जसपा – ३
लोसपा -३
जनमत – ३
राष्ट्रिय जनमोर्चा – १
स्वतन्त्र – १

गण्डकी प्रदेश जम्मा- ६० ( बहुमतका लागि ३१)

काँग्रेस – २७
एमाले – २२
नेकपा – ७ (सभामुखसहित)
राप्रपा – २
समाजवादी – १, स्वतन्त्र १

बागमती-१०४

कांग्रेस-३६

नेकपा-२६

एमाले-२५

राप्रपा-१२

नेमकिपा-३

हाम्रो नेपाली पार्टी-२

मधेश-१०३ (बहुमतका लागि ५२)

एमाले-२४

कांग्रेस-२२

जसपा र लोसपा-२६

नेकपा-१५

जनमत पार्टी-१२,

राप्रपा र नाउपा- १/१

कोशी – ९३ (बहुमतका लागि ४७)

एमाले- ४०

कांग्रेस-२९

नेकपा-१७

राप्रपा-५

जसपा नेपाल-१

Leave a Reply

Your email address will not be published. Required fields are marked *