सर्लाही, १४ साउन । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । 

बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। मृतकको सनाखत भएको छैन । 

प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्। 

‘प्रदर्शनकारीले शव उठाउन दिएका छैनन्, उनीहरूले मृतकको शव सडकमै राखेका छन्,’ बरालले भने । 

प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ । प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ । 

जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू गोलबजारतिर गएका छन् । स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *