सर्लाही, ३१ साउन । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू इतिहासमा सीमित भएर नबस्ने बताएका छन् । आइतबार संस्थापनइतर समूहले गरेको राष्ट्रिय सम्मेलनमा यस्तो बताएका हुन् ।
‘मान्छेहरू इतिहासको कुरा नगर भन्छन् । इतिहास भएकाले इतिहासको कुरा गर्छन् । हामी इतिहासमा सीमित भएर बस्नेवाला छैनौँ,’ उनले भने ।
कांग्रेसको जिम्मेवारी र भूमिका बहन गर्न तयार रहेको उनले बताए । पार्टीमा सत्य र असत्य के हो भन्ने छुट्याउन सक्नेहरू देशभर रहेको सिंहले बताए ।
‘सर्वोच्चले मुद्दालाई पुनरावलोकन गर्ने भनेपछि त्यो कारणले आधिकारिकता १४औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय समितिको अवधि पूरा भएको छैन,’ उनले भने ।
