सर्लाही, ०१ भदाै । सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ । अर्थ मन्त्रालयका अनुसार ३५० रुपैयाँको सामान किन्ने व्यक्तिले १० लाख पुरस्कार पाएका छन् ।

ती व्यक्तिले गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेसन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सरकारले एक-एक लाख प्राप्त गर्ने १६ जना विजेताको नाम पनि घोषणा गरेको छ । 

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू विजयी भएका हुन् । यो अवधिमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका थिए। यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो ।

त्यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *