सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा ‘आरएसपी पल्स’ एप डाउनलोड गर्न निर्देशन दिएका छन् ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज (बुधबार) भएको छलफलमा उनले अनिवार्य रूपमा २४ घण्टाभित्र सो एप डाउनलोड गरेर गतिविधहरू अपडेट गर्न निर्देशन दिएका हुन् ।

‘सभापति लामिछानेको निर्देशनमा रास्वपाका मन्त्रीहरूले अनिवार्यरूपमा २४ घण्टाभित्र आरएसपी पल्स डाउनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ,’ सांसद बोधनारायण श्रेष्ठले भने, ‘सांसद, पार्टी र जनताबीच पारदर्शिता र जवाफदेहिताको सहज एकरूपता कायम गर्न यो डिजिटल प्ल्याटफर्ममा अनिवार्य गतिविधि अपडेट गर्नुपर्ने व्यवस्था गरिएको हो ।’

यसअघि रास्वपाले आफ्ना सांसदहरूको डिजिटल ट्रयाकिङ गर्न सो डिजिटल प्ल्याटफर्म सञ्चालनमा ल्याएको थियो। अहिले मन्त्रीहरूका लागि पनि अनिवार्य गरिएको हो ।

यो प्ल्याटफर्ममा अब सांसदसहित मन्त्रीहरूले पनि आफ्ना गतिविधिहरू अपडेट गराउनुपर्ने छ । त्यसमा संसदमा बोल्ने विषय, विभिन्न भ्रमणहरू, भेटघाटलगायतका गतिविधिहरू अपडेट गराउनुपर्ने रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *