बच्चेलाल पंडित-
सर्लाही, २१ भदाै । सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित हनुमन्त हस्पिटल प्रा.लि.ले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियाे ।
कार्यक्रममा ३१ जना पुरुषले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, मलंगवा, सर्लाहीले गरेको थियो ।
रक्तदान गर्ने सबैलाई प्रमाणपत्रसमेत वितरण गरिएको आयोजक हनुमन्त हस्पिटल प्रा.लि.का अध्यक्ष डा. मदन झाले जानकारी दिनुभयो ।
कार्यक्रममार्फत संकलित रगत बाढीबाट प्रभावित तथा आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
