आज रवि लामिछानले प्रतिनिधिसभामा सम्बोधन गर्ने

Byसदाम हुसैन

२०८३ भाद्र २४, बुधवार २०८३ भाद्र २४, बुधवार २०८३ भाद्र २४, बुधवार

सर्लाही, २४ भदाै । आज (बुधबार) बस्ने प्रतिधिनिसभा बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । 

आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

‘आज सदनमा सम्बोधनका लागि सभापतिज्यूले सभामुखसँग समय माग्नुभएको छ’, उनले भने ।

सिंहदरबारमा बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै उनले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

आजै दिउँसो १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । 

बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । 
    
यसैगरी बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *