अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त

Byसदाम हुसैन

२०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार

सर्लाही, २६ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सम्बन्धी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पराजुलीलाई आगामी मङ्सिर मसान्तसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो ।

भोटेकोशीमा आएको बाढीपछि अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय राहत, उद्धार र पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अल्पकालीन नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

नवनियुक्त सल्लाहकार पराजुलीसँग संयुक्त राष्ट्रसङ्घमा लामो  कार्य अनुभव रहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा उनको विज्ञता र अन्तर्राष्ट्रिय अनुभव नेपालमा बाढी प्रभावित क्षेत्रको मानवीय सहायता र पुनर्निर्माणमा  उपयोगी हुने विश्वास मन्त्रालयले लिएको छ ।

अर्थमन्त्री डा. वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *