धनुषामा एक बालिका बलात्कृत, २२ बर्षिय युवक फरार

Byसदाम हुसैन

२०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार

सर्लाही, २६ भदाै । धनुषामा एक १० बर्षिय बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बालिकाको बलात्कार भएको एक साता भएको जनाइएको छ । 

धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित बालिकालाई बलात्कार भएको प्रहरीले जनाएको छ । यद्यपी, घटना संवेदनशिल भएकोले आरोपितको नाम समेत खुलाउन चाहेनन् । 

बलात्कार जस्तो जघन्य घटनालाई मिलाउन गाउँकै केही कहबैका नेताहरुले नेतृत्व गर्न थालेपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको हो । ईलाका प्रहरी कार्यालय सबैला मार्फत जाहेरी दिएको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाले भने प्रक्रिया अगाडी बढाएको बताईएको छ । बालिकाले दिएको बयान अनुसार अनुसन्धान सुरु गरिएको जनाईएको छ । 

प्रहरीका अनुसार, पीडित बालिकाको हाडनातामा पर्ने भएकोले समाजिक रुपमा समेत संवेदनशिल भएको बताए । बालिकालाई उपचारको लागि जनकपुरको एक अस्पताल लगिएको तथा स्वास्थ्य परीक्षणपछि थप प्रक्रिया अगाडी बढाउने बताईएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *