सर्लाही, २८ भदाै । रसुवाको विभिन्न गाउँहरूमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सडक तथा पुलहरू बगाएपछि ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्न थालिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
जिल्ला सदरमुकाम धुन्चेबाट ठुलो हाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा खाद्यान्न ढुवानी भइरहेको कार्यालयले जनाएको छ ।
