सर्लाही, २८ भदाै । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ । नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ आंशिक अंगसहित १ हजार ३८८ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार हालसम्म मृतक तथा बेपत्ताको आफन्तबाट ३ हजार १३२ डीएनए संकलन भएको छ । जसमा १ हजार २८६ शव र १ हजार ८४६ बेपत्ताको आफन्तबाट डिएनए संकलन गरिएको हो ।
बाढीमा परेकामध्ये ४ हजार ८९ जना अझै हराइरहेका छन् । उनीहरूकोअझै खोजी कार्य जारी छ ।
