सर्लाही, ०८ असाेज । प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् । 

राष्ट्रसंघको हेडक्वार्टरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले महासभाको ८१औ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न लागेका हुन् । 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् । 

राष्ट्रसंघको हेडक्वार्टरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले महासभाको ८१औ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न लागेका हुन् । 

प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरको आफ्टरनुन सेसन (दिउँसोको सत्र)लाई सम्बोधन गर्नेछन् । यो सेसनमा १८ जना राष्ट्र प्रमुखले बोल्ने कार्यतालिका छ । प्रधानमन्त्री शाहले १७औ नम्बरमा बोल्नेछन् ।  

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री शाह बुधबारै अमेरिकाको न्युयोर्क पुगिसकेका छन् । 

के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर र युवाको भविष्यको विषय जोडेर उठाउँदैछन् । आफू युवा अवस्थामा संसारकै कान्छो प्रधानमन्त्रीको रुपमा प्रतिनिधित्व गरिरहेको र अहिलेको जलवायु परिवर्तन आफूहरुको युवा पुस्ता नै जोखिममा परिरहेको भन्दै विश्वकै ध्यानाकर्षण गराउने तयारी प्रधानमन्त्री शाहको छ ।

यसक्रममा प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले भोगेको क्षति, पाउनुपर्ने न्यायका विषय पनि उठान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री शाहले १५ मिनेट बोल्ने समय कार्यक्रम छ । 

अमेरिकी समयअनुसार प्रधानमन्त्रीको सम्बोधन बेलुका करिब ७ बजेतिर हुनेछ भने नेपाली समयअनुसार शुक्रबार विहान ४/५ बजेतिर हुने बताइएको छ । 

सम्बोधनअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *