सर्लाही, १५ असोज । युनिग्लोब एसएस कलेजको साइन्स क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनाेट तथा मूल्यांकन चरण सकिएकाे छ । 

११ असोजमा सम्पन्न प्रतियोगितामा विज्ञान, सामाजिक विज्ञान, व्यवसाय तथा अर्थशास्त्र र कानुनी नीतिलगायतका विषयमा विद्यार्थीहरूले अनुसन्धान पत्र प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थीहरूले हप्तौँसम्म साहित्य समीक्षा, प्राथमिक तथ्यांक संकलन र विश्लेषण गर्नुका साथै सर्वसाधारण तथा विषयविज्ञसँग अन्तर्वार्ता र स्थलगत सर्वेक्षणसमेत गरेका थिए ।

विशेषगरी १६–१७ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित प्रतियोगिताले उच्च माध्यमिक तहको अध्ययनसँग विश्वविद्यालयस्तरको अनुसन्धान अभ्यासलाई जोड्ने उद्देश्य राखेको कलेजले जनाएको छ ।

lhPMt5Ar-1790826194.jpg
अनुसन्धान पद्धति, तथ्यांक संकलन, विश्लेषण तथा औपचारिक लेखनको अभ्यासले विद्यार्थीको आलोचनात्मक सोच, तार्किक क्षमता, सिर्जनात्मकता तथा समस्या समाधान गर्ने सीप विकासमा सहयोग पुर्‍याउने कलेजको भनाइ छ ।

प्रतियोगिताको छनाेट तथा मूल्यांकनका लागि विभिन्न क्षेत्रका विज्ञ, शिक्षाविद् तथा पेशाकर्मी सहभागी थिए ।

मूल्यांकन तथा मार्गदर्शनमा पत्रकार तथा प्राध्यापक मनोजकुमार दाहाल, लिबर्टी कलेजका प्राचार्य डा. देव राज पनेरु, इन्जिनियर भीमचन्द्र गौतम, डा. अर्चना नेपाल शिवाकोटी, एसोसिएट प्रोफेसर डा. गोपीचन्द्र काफ्ले, डा. राजेन्द्र ओझा र मानसिक स्वास्थ्य परामर्शदाता रुशु कटेल सहभागी थिए ।

mFHqWPZy-1790826193.jpg
कलेजका अनुसार प्रतियोगिताको अन्तिम मूल्यांकनपछि विज्ञान, सामाजिक विज्ञान तथा व्यवसाय, अर्थशास्त्र र कानुनी नीति गरी तीन प्रमुख विधाका विजेता घोषणा गरिएको छ । उत्कृष्ट अनुसन्धान तथा प्रस्तुतीकरण गर्ने विजेता टोलीलाई नगद पुरस्कार तथा पदक प्रदान गरिनेछ ।

MmvapYtL-1790826194.jpg
Guqe-7L_-1790826193.jpg

कलेजले विद्यार्थीलाई परीक्षामुखी शिक्षासँगै अनुसन्धान, नवप्रवर्तन, प्रस्तुति, नेतृत्व तथा व्यावहारिक सिकाइका अवसर उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतियोगिताले विषय छनोटदेखि तथ्य संकलन, विश्लेषण, निष्कर्ष निर्माण र प्रस्तुतीकरणसम्म विद्यार्थीलाई अनुसन्धान प्रक्रियामा सहभागी गराएको कलेजको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *