सर्लाही, १५ असोज । गए राति थापाथलीमा मोटरसाइकल र स्कुटर जुध्दा मोटरसाइकल चालक रौतहट, कटहरिया–२ का २७ वर्षीय चन्द्रमा दास तत्माको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते छन् ।
बुधबार राति ११ंः५३ बजे थापाथली राम मन्दिरबाट रोजबड स्कुल जाने पुल नजिक दुर्घटना भएको हो । बा४१ प ४७०८ नम्बरको पल्सर मोटरसाइकल र बाप्र ०२–०६२ प ९६३१ नम्बरको स्कुटर आपसमा जुधेका थिए ।
त्यसक्रममा मोटरसाइकल चालक मोटरसाइकल चालक तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालक चितवन, कालिका–५ स्थायी घर भई काठमाडौँको शंखमुल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । अन्य घाइतेको उपचार भइरहेको छ ।
घाइने हुनेमा स्कुटर पछाडि बसेका सर्लाही, मलङवा–७ घर भई शंखमुल बस्ने ३७ वर्षीय मोहन साह र मोटरसाइकल पछाडि बसेका रौतहट, कटहरिया–२ का ३० वर्षीय दीपेन्द्र दास छन् ।
