लिग–२ का लागि नेपाली टोली घोषणा, कुशल र सोमपाल परेनन्

Byसदाम हुसैन

२०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार २०८३ आश्विन १६, शुक्रवार

सर्लाही, १६ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीमा केही परिवर्तन गरिएको छ । तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् ।

यसैगरी, स्पीनर शाहब आलम टिममा छन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन् ।

ओपनर कुशल भुर्तेल र तिव्र गतिका बलर सोमपाल कामी यसपटक पनि एक दिवसीय टोलीमा अटाएका छैनन् ।

यो शृङ्खला ओमानमा अक्टोबर ९ देखि १९ सम्म हुँदै छ ।

नेपालले अक्टोबर ११ र १७ मा क्यानडा तथा अक्टोबर १३ र १९ मा ओमानको सामना गर्दै छ ।

लिग–२ मा नेपालको यो अन्तिम शृंखला हो । हाल नेपाल ३२ खेलबाट २४ अंकका साथ सातौँ स्थानमा छ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शनकुमार झा, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, शाहब आलम, शेर मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *