सर्लाही, १८ असाेज । आज काठमाडौँको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् ।
यसअघि अध्यक्ष केपी शर्मा ओली आफैँ जाने कुरा थियो ।
तर निर्णय परिवर्तन गर्दै उनले महासचिव पोखरेललाई पठाउने भएका हुन् ।
‘कांग्रेसको महाधिवेशन उद्घाटनमा अध्यक्षज्यूले महासचिवलाई पठाउने हुनुभएको छ’, एमाले प्रचार प्रमुख निरज आचार्यले आइतबार भने।
