भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा

Byसदाम हुसैन

२०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार

सर्लाही, २२ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन् । 

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् । 

‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ लामिछानेले बताएका छन् । 

उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गरेका छन् । 

सभापति लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *