प्लेअफ होडमा जनकपुर र सुदूरपश्चिमको निर्णायक भिडन्त

Byसदाम हुसैन

२०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार

सर्लाही, २४ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच खेल हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुकी ५ बजेदेखि हुनेछ ।

दुवै टोली आजको खेलबाट प्लेअफको आधार तय गर्न चाहन्छन् ।

जारी प्रतियोगितामा ५ मध्ये २ खेल हारेको सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा छ । सुदूरपश्चिमलाई अन्तिम ४ (प्लेअफ) मा पर्नका लागि आजको महत्त्वपूर्ण छ । आजको खेलको नतिजा आफ्नो पक्षमा आएमा सुदूरपश्चिम अंकतालिकामा लुम्बिनीलाई पछि पारेर दोस्रो स्थानमा पुग्नेछ ।

त्यस्तै, ५ मध्ये ३ मा हार व्यहोरेर ४ अंक मात्रै बटुलेको जनकपुरका लागि त यो खेल झनै महत्त्वपूर्ण छ । अन्तिम ४ मा पर्ने सम्भावना कायम राख्नका लागि जनकपुरलाई आज जित्नै पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *