आज, भोलि र पर्सिसम्म मौसम सफा रहने

Byसदाम हुसैन

२०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार २०८३ कार्तिक २४, मंगलवार

सर्लाही, २४ कार्तिक । आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण थोरै ठाउँमा मात्रै छिटपुट वर्षा र हिमपातको सम्भावना छ । 

आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ । हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । 

भोलि भाइटीकाका दिन पनि मौसम घमाइलो हुनेछ । हिमाली थोरै ठाउँमा हिमपात तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पर्सि २६ गते बिहीबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *